धनगढीकी उपमेयर रानाको महाधिवेशन यात्रामा ब्रेक

धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला कुमारी रानाकाे महाधिवेशन यात्रामा ब्रेक लागेकाे छ । नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नम्बर–५ मा सम्पन्न प्रतिनिधि चयन निर्वाचनमा धनगढी उपमहानगरपालिकाकी उपमेयर राना पराजित भएपछि उनकाे महाधिवेशन यात्रामा ब्रेक लागेकाे हाे ।


महिला क्लस्टरबाट उम्मेदवार बनेकी रानाले ३८३ मत प्राप्त गर्दै चौथो स्थानमा बसेकी हुन्। महिला क्लस्टरमा अम्बिका विष्ट (मल्ल) ५९१ मतसहित सबैभन्दा धेरै मत ल्याउँदै महाधिवेशन प्रतिनिधि निर्वाचित भइन्। त्यस्तै रुक्मिणी देवकोटा ५७१ मत प्राप्त गर्दै दोस्रो स्थानमा छानिइन्। अर्की उम्मेदवार जानकी चौधरी ले ४४५ मत प्राप्त गरिन्।



खुला तर्फबाट धर्मराज पाठक, नेपालु चौधरी, विष्णु कुमार चन्द र यज्ञराज ढुंगाना महाधिवेशन प्रतिनिधि बनेका छन्। युवातर्फ तिर्थराज भट्टराई विजयी भएका छन्।