गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिएकी छिन् । शनिबार दुलालले राजेश केसीसँग लगनगाँठो कसेकी हुन् ।
काठमाडौँको एक रिसोर्टमा उनीहरूको विवाह भएको हो । यसअघि गत बिहीबार दुदलाले इन्गेजमेन्ट गरेकी थिइन् ।
दुलाल नेपाली लोक गीत क्षेत्रकी चर्चित गायिका हुन् । विशेष गरी तीज गीतमा उनको आफ्नै पहिचान रहेको छ ।





