महिला फुटबल: नेपाल इन्डोनेसियासँग पराजित

नेपाली राष्ट्रिय महिला फुटबल टिम मैत्रीपूर्ण फुटबल खेलमा इन्डोनेसियासँग पराजित भएको छ। 

इन्डोनेसियाले नेपाललाई २-१ गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफमा आत्मघाती गोलको मद्धतले नेपालले १-० गोलको अग्रता लिएपनि इन्डोनेसियाले दोस्रो हाफमा कमब्याक गर्दै २ गोल गरेर खेल जितेको थियो।

चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सविता रानामगर विना मैदान उत्रिएको नेपालले पहिलो खेलमै हार व्यहोरेको हो। नेपालले अर्को खेल डिसेम्बर २ मा चाइनिज ताइपेइसँग खेल्ने छ।