जनमत पार्टीद्वारा मंसिर २८ देखि विराेध प्रदर्शन घाेषणा

 डा.सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार रङ्गभेद विरुद्ध एकता दिवस मनाउने भएको छ । आइतबार बसेको सचिवालय बैठकले रङ्गभेद विरुद्ध (मङ्सिर १०) एकता दिवस मनाउने भएको हो ।  

जनमत पार्टीले मंसिर २८ गतेदेखि जिल्लास्तरीय आमसभा तथा विराेध प्रदर्शनकाे घाेषणा गरेकाे छ । 

सचिवालय बैठकले मङ्सिर २८ गतेदेखि पुस २० गतेसम्म जिल्ला स्तरीय चुनावी सभासमेत गर्ने निर्णय गरेको छ । बारा,धनुषा,सिरहा लगायत विभिन्न १५ जिल्लामा समन्वय समिति बैठक तथा निर्वाचन प्रशिक्षण कार्यक्रम गरिने छ ।