नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आइतबार आयोगको कार्यालय पुगेर दल दर्ताका आवश्यक सबै कागजात बुझाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनले भने, ‘आज हामीले निर्वाचन आयोगमा दल दर्ताको सबै काम सकेका छौँ ।’
कांग्रेसले शनिबारमात्रै आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो। निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा निर्वाचन माघ ११ गते र प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा हुने तय छ।





