अब देशलाई सही दिशामा फर्काउने समय आएको छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अब देशलाई सही दिशामा फर्काउने समय आएको बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत पोखरेलले यस्तो बताएका हुन्। साथै उनले शान्ति, सुरक्षा र लोकतन्त्रका लागि एकताबद्ध बन्न आह्वान समेत गरेका छन्।

आज राष्ट्रिय स्वय‌ंसेवक फोर्सको गठन र भोलि काठमाडौंमा व्यापक जनप्रदर्शन गर्ने जानकारी दिँदै एकताबद्ध हुन आग्रह गरे।

‘अब समय आएको छ- देशलाई सही दिशामा फर्काउने!’ उनले भने, ‘मंसिर ५ गते राष्ट्रिय स्वयंसेवक फोर्सको गठन र मंसिर ६ गते काठमाडौंमा व्यापक जनप्रदर्शन- हाम्रो कर्तव्य, हाम्रो अधिकार! शान्ति, सुरक्षा र लोकतन्त्रका लागि एकताबद्ध बनौँ!’