प्रि ओपन सेसनमा १.२० अंकले घट्यो नेप्से

साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२० अंक घटेर २५५९.८८ विन्दुमा झरेको छ।

यस सेसनमा २७ लाख ४३ हजार ८०२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४३ कम्पनीको ४ हजार ८०५ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १३ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।