मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुसन्धानका लागि प्रसाईँलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रसाईँलाई प्रहरीले गएराति उनकै निवास पुगेर पक्राउ गरेको थियो । प्रसाईँ मङ्सिर दोस्रो सातादेखि आन्दोलन गर्ने भन्दै त्यसको तयारीमा लागेको अभिव्यक्ति दिँदै आइरहेका थिए ।
उनीमाथि शान्ति सुरक्षामा खलल पुर्याएको आरोप छ । सोमबार मध्यराति प्रहरीको टोली उनको घरमा पुगेको थियो । धर्म-संस्कृति तथा नागरिक बचाउ महाभियनका समर्थकहरूले उनको पक्राउ विरुद्ध प्रदर्शन गरेका छन् ।





