खोंचमा फेला परेकी युवतीको शवको पहिचान

hatya sab dead body

ताप्लेजुङ, ८ असोज – ताप्लेजुङको फुङ्लिङ नगरपालिका-७ को सेती चौताराभन्दा केही तलको खोंच भागमा फेला परेको युवतीको शवको पहिचान खुलेको छ ।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-३ लिङ्खिमका १८ वर्षीय पुष्पा लिम्बूको रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) बालनरसिंह राणाले जानकारी दिए ।

डिएसपी राणाका अनुसार पुष्पाका बुवाले शव आफ्नी छोरीको भएको भनेर हुलिया साविती गरेपछि पहिचान खुलेको हो । शव पोष्टमार्टपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ ।

घटनाको र शवको प्रकृतिका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया सुरु गरिसकेको जनाएको छ । शव अर्धनग्न अवस्थामा सेती चौताराबाट पर गएपछि टापु जस्तो देखिने ठाउँभन्दा तल खोंचमा फेला परेको थियो ।

समन्धित समाचार