इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सी विजयी भएका छन्।
शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–० ले पराजित गर्यो। लिभरपुलको जितमा मोहम्मद सलाह र राएन ग्राभेनबर्चले गोल गरे। चेल्सीले भने जोआओ पेड्रोको गोलमा टोटेनहामलाई हरायो।
जितपछि लिभरपुल १० खेलमा १८ अंकसहित तेस्रो र चेल्सी समान खेलमा १७ अंकसहित पाँचौँ स्थानमा छ।
यस्तै, शनिबारकै अन्य खेलमा आर्सनल, ब्राइटन र क्रिस्टल प्यालेस विजयी भएका छन्। म्यानचेस्टर युनाइटेड र नटिङघम फोरेस्टले बराबरी खेलेका छन्।





