काठमाडौं, ७ असोज-नेपालमा पछिल्लो २४ घन्टामा एक हजार दुई सय ३९ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १५ हजार दुई सय ४३ जनामा कोरोना परीक्षण गर्दै एक हजार दुई सय ३९ जनामा संक्रमण पाइएको हो ।
आज थपिएकासँगै देशभर सक्रिय संक्रमित २० हजार सात सय ४३ जना छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला नौ र दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला २० रहेका छन् ।
पछिल्लो २४ घन्टामा एक हजार तीन सय २४ जनाले संक्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल संख्या सात लाख ५६ हजार नौ सय ५४ रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ ।
यस्तै संक्रमणबाट पछिल्लो २४ घन्टामा १३ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ७२ जनाको निधन भइसकेको छ । हाल देशभर तीन सय ४० जना सघन उपचार कक्ष (आइसीयू), ११ सय १९ जना भेन्टिलेटर, १९ हजार चार सय ३७ जना होम आइसोलेसन, एक हजार तीन सय ६ जना संस्थागत आइसोलेसन र दुई सय ४६ जना क्वारेन्टिनमा छन् ।