नसोधी खोप लगाइदिएको भन्दै यि पुरुषले कुटे नर्स

khop

न्युयोर्क, ७ असोज – आफ्नी पत्नीलाई बिना अनुमति खोप लगाइदिएको भन्दै क्यानडाका एक व्यक्तिले नर्सको अनुहारमा मुक्का हानेका छन् । क्युबेक प्रान्तस्थित एक सहरको औषधि पसलको कार्यालयमा खोप लगाउन खटिएकी नर्समाथि मुक्का प्रहार भएको हो । क्यानडामा अस्पताल क्षेत्रनजिक खोपविरोधी प्रदर्शन चर्किरहेका बेला पछिल्लो घटना सार्वजनिक भएको हो ।

सरकारले अनिवार्य खोप र मास्क लगाउनुपर्ने नियम लगाएपछि कतिपयले त्यसको विरोध गरेका छन् । सरकारले खोपविरोधी प्रदर्शनमा रोक लगाइने कानुन ल्याउने तयारी गरेको छ । नर्सलाई कुटेपछि फरार ती व्यक्तिले खोपको विरोध गरेका हुन् वा उनकी पत्नीले पहिल्यै खोप लगाएकी थिइन् भन्ने बारेमा प्रष्ट खुलाइएको छैन ।

क्यानडामा खोपबिरोधी प्रदर्शनमा स्वास्थ्य क्षेत्रलाई निसाना बनाइएको छ । विशेषगरी अस्पताल र स्वास्थ्य उपचारकर्मीमाथि बारम्बार आक्रमण भएको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले स्वास्थ्यकर्मीमाथि भएका आक्रमणको निन्दा गर्दै दोषीलाई कारबाही गर्ने बताउँदै आएका छन् ।

समन्धित समाचार