भारतीय खोपलाइ वेलायतमा मान्यता

Covishile

लन्डन, ७ असोज- वेलायतले भारतमा निर्मित कोभिडशिल्ड खोपलाई मान्यता दिएको छ । विदेशीलाई लक्षित गरि तयार पारिएको यात्रा निर्देशिकामा वेलायतले कोभिडशिल्डलाई मान्यता दिएको जनाएको छ ।

तर, खोप लगाएका भारतीयले वेलायतको भ्रमण गर्दा अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियमबारे भने केही खुलाइएको छैन् । यसअघि वेलायत यात्रामा जाने हरेक भारतीय १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने सो निर्देशिकामा उल्लेख थियो ।

कोभिडशिल्डलाई वेलायतले मान्यता नदिँदा भारतमा त्यसको तीब्र बिरोध भएको थियो । भारतमा ७२ करोड भन्दा बढीले कोभिड खोप लगाएका छन् । तीमध्ये धेरै भारतीयले कोभिशिल्ड लगाएका छन् ।

वेलायतको नियम विभेदकारी भएको गुनासो गर्दै भारतले पूर्ण खोप लगाएका आफ्ना नागरिकलाइ क्वारेन्टिनमा बस्न बाध्य नपार्न माग गरेको थियो ।वेलायतले अझै पनि भारतलाई पुर्ण खोप लगाएको देशको सूचीमा भने राखेको छैन् । तसर्थ वेलायत जाने सबै भारतीयले त्यहाँ निर्वाध हिँडडुल गर्न पछिल्लो पटक कोभिड परीक्षण गरेको प्रमाण पेस गर्नुपर्छ ।

समन्धित समाचार