इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुल पराजित भएका छन् । चेल्सी सन्डरल्याण्डसँग २–१ गोलले र लिभरपुल ब्रेन्टफोर्डसँग ३–२ गोलले पराजित भएको हो ।
जीतसँगै सन्डरल्याण्ड तालिकाको दोस्रो स्थानमा पुगेको छ । त्यस्तै गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ४–२ गोलले र न्यूक्यासलले फुलहमलाई २–१ गोलले हराएको छ । प्रिमियर लिगको तालिकामा आर्सनल शीर्ष, सन्डरल्याण्ड दोस्रो, म्यानचेस्टर सिटी तेस्रो र म्यानचेस्टर युनाइटेड चौथो स्थानमा छ ।
आज पाँच वटा खेल हुँदैछन् । उल्भ्स र बर्नली, आर्सनल र क्रिस्टलप्यालेस, एस्टनभिल्ला र म्यानचेस्टर सिटी, बर्नमाउथ र नटिङघम फरेस्ट तथा एभर्टन र टोटनहमबीच आज खेल हुनेछ ।





