जेनजी युवाहरूले शुक्रबार काठमाडौंको माइतिघरमा प्रदर्शन

जेनजी युवाहरूले शुक्रबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन् । जेनजी युवाहरूबीच एकता कायम हुनुपर्ने र शहीदको रगत नर्बिसन खबरदारी गर्न भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

युवा पुस्ताले शहीदहरूको योगदानलाई सम्मान गर्दै देशमा सुशासन, जवाफदेहीता र परिवर्तनको आवश्यकता रहेको बताएका छन्।

माइतीघरमा आयोजित प्रदर्शनमा सहभागीहरूले शहीदहरूको सपना साकार पार्न सरकार र समाजलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए।

जेनजी युनाइटेडका एक प्रतिनिधिले भने, “शहीदहरूले देशको लागि बलिदान दिए, तर तिनको सपना अझै अधुरो छ। हामी यहाँ परिवर्तनको माग गर्न र शहीदको सम्मान गर्न एकजुट भएका छौं।”

यसअघि पनि जेनजी युनाइटेडले विभिन्न सामाजिक र राजनीतिक मुद्दामा दबाब सिर्जना गर्न माइतीघर मण्डलालाई प्रदर्शनस्थल बनाउँदै आएको छ।

उनीहरूले देशमा सुशासन, भ्रष्टाचारमुक्त समाज र युवाहरूको सहभागितालाई प्राथमिकता दिनुपर्ने माग राखेका छन्।