काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशका प्रमुख राजनीतिक दलका नेताहरूमाथि कटाक्ष गर्दै तीखो प्रहार गरेका छन्।
नेताहरूको दोहोरो चरित्र र देश बिगारेको आरोपलाई लिएर मेयर बालेनले आज जेनजी आन्दोलनका क्रममा पुरै देश एमाले र कांग्रेसले जलाएको र दोष चाँही बच्चाहरुलाई दिएको आरोप लगाएका हुन् ।
मेयर बालेनले भनेका छन्- “तुइन र काठको पूल बनाउने नेताहरु भन्छन, यो देश विदेशीले बिगार्यो। भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ !!! आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ, काङ्रेसले एमालेको जलाउछ, दोश आफ्नो बाल बच्चालाई दिन्छौ! चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ! लाज लाग्दैन?”






