तोकिएकै मितीमा भयरहित वातावरणमा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

 अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी छन्। राष्ट्रपतिको आह्वानमा शितल निवासमा मन्त्रीहरूको सहभागितामा भएको छलफलमा तोकिएकै मितिमा निर्वाचन हुने बताएकी हुन् । प्रधानमन्त्री कार्कीले चारै सुरक्षा निकायका लाई पूर्ण तयारी गर्न आग्रह समेत गरिन् । कार्कीले सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताईन्।

सुरक्षा निकाय प्रमुखहरूले शान्तिसुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेकाबारे आश्वस्त पारेका छन्। उनीहरूले विगतमा योभन्दा कठिन परिस्थितिमा पनि शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै सुरक्षा निकाय सम्पूर्ण रूपले निर्वाचनका लागि तयार रहेको पनि बताएका छन्।

राष्ट्रपति संगको छलफलमा अर्थमन्त्रीबाहेक सबैमन्त्री, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक चन्द्र कुँवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको सहभागिता थियो शिलत निवास स्रोतले जनाएको छ ।