स्वदेश फर्किए विपिन जोशीका आमा र बहिनी

 प्यालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा रहेर मृत्यु वरण गरेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् । 

विपिनको मृत्यु भएको  पुष्टि भएपछि उनीहरु खाली हात फर्किनुपरेको हो । उनीहरु कतार एयरवेजबाट आज बिहान काठमाडौं आइपुगेका हुन् ।

अहिलेसम्म विपिनको शव नेपाल फर्काउने बारेमा इजरायल सरकारले बताएको छैन ।