नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँ पुगेको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्यले पनि नयाँ ऐतिहासिक उचाइ कायम गरेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर ३ हजार १२५ रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार चाँदी प्रतितोला ३ हजार ८५ रुपैयाँमा खरिद-बिक्री भएको थियो। यो वृद्धिसँगै चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको महासंघले जनाएको छ।





