कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

 आज (आइतबार) बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार अब केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गते दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति रहनेछ।