नेत्रावती डबजाेङ गाउँकार्यपालिकाकाे स‍‌‍‍‍‌‍ङ्क्षिप्त परिचय

netrawati 1

परापुर्वकाल देखि वाइवा राजाकाे नामबाट चिनिएकाे डबजाेङ दरबारकाे नाम र मार्पाककाे बेसि हुदै बगेकाे नेत्रावति खाेलाकाे नामलाई जाेडेर यस गाउ‌‌‍‍‍‌‌‌पालिकाकाे नाम नेत्रावती डबजाेङ गाउपालिका रहन गएकाे हाे । यस गाउँपालिकामा ५ वटा वडाहरु निर्माण गरिएकाे छ ।

जसमा पुर्वमा नुवाकाेटकाे मेघाङ गाउँपालिका पश्चिममा त्रिपुरासुन्दरी र गंगा जमुना गाउँपालिका रहेका छन् भने उत्तरमा खनियाबास गाउँपालिका र दक्षिणमा निलकण्ठ नगरपालिका रहेका छन् ।

नेत्रावति डबजाेङ गाउँपालिका भित्र साविककाे सेमजाेङ मार्पाक र कटुन्जे गाउँ विकास समितिहरु रहेका छन् । यस गाउँपालिकामा जातिय हिसाबले विशेष गरी तामाङ गुरुङ नेवार घर्ति मगर तथा दलित समुदायकाे बसाेबास रहेकाे छ ।

यस गाउँपालिका भित्र धार्मिक महत्वका क्षेत्रहरु जस्तै विन्दुकेशर महादेव स्थान कुण्डला देवी मन्दिर बाराही मन्दिर र दाेश्राे नव बुद्द क्षेत्र वाकाराहा रहेकाे छ ।

समन्धित समाचार