माइतीघरबाट निकोलससहित १४ जना पक्राउ

 माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । प्रहरीले डा. निकोलस भुसाल, सञ्जिव दाहालसहित १४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूलाई जिल्ला प्रहरी परिसर  काठमाडौंमा राखिएको प्रहरीले जनाएको छ।  

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ पक्राउ परेका हुन् । 

जेन–जीका विभिन्न समूहहरूले माइतीघरमा प्रदर्शन गर्ने योजना बनाएपछि काठमाडौंको माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। त्यहाँ बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।