नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन चेतावनी दिएका छन् ।एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साईवर व्युरोमा बयान दिए लगत्तै बुधवार उहाँले पत्रकार सम्मेलन गरी आफूलाई समातेर देखाउन सरकारलाई चुनौति दिए ।
नेता बस्नेतले आफूहरुले अब डिजिटल फोर्स गठन गरेर जेनजी आन्दोलनको नाममा भएका आगजनी, लुटपाट र हत्याको खोजीका लागि सरकारसँग प्रहरीमा जाहेरी दिने बताए । ‘मलाई समातेर देखाउनुस् । विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरु देश र जनताको पक्षमा जेल जान आफू तयार भएपनि कसैले लगाएको आरोप सह्य हुँदैन । जेन जी सरकारले आगजनी, लुटपाट र हत्या संलग्नहरुलाई कारबाहीको दायरामा ल्याओस्’ उनले भने ।नेता बस्नेतले सरकारले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनमाथि पनि आशंका उत्पन्न भएको बताए ।





