रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बुधबार बस्ने भएको छ ।  रास्वपा प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकमा रास्वपाका विस्तारित बैठककाा एजेन्डा तथा व्यवस्थापन, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान, सद्भाव यात्राबारे छलफल हुने छ ।