गुण्डा नाइके सानुभाइ पक्राउ

पटके अभियुक्तका रूपमा परिचित गुण्डा नाइके सानुभाइ (युवराज गुरुङ) फेरि पक्राउ परेका छन् । उनी आइतबार काठमाडौंको टोखाबाट झगडा गरेको आरोपमा पक्राउ परेका हुन ।

नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाई यसअघि साउन १२ मा पक्राउ परेका थिए । त्यतीबेला ठमेलको नर्सिङ चोकस्थित नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा उनी पक्राउ परेका थिए ।