सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन्।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाबाट दाङ घोराही जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ को चोरखोलामा दुर्घटनामा परेकाे हाे।
उक्त दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
मृत्यु हुनेमा एक जना महिला र दुई जना पुरुष रहेका छन्। मृतकमध्ये एक जना बाँफिकोट गाउँपालिका– ५ का प्रकाश केसी रहेको प्रहरीले जनाएको छ। अन्यको परिचय खुलेको छैन।
सडकबाट करिब तीन–चार सय मिटर तल खसेको फोर्समा पाँच जना सवार रहेको खुलेको छ।
घाइतेमध्ये एक जना महिला र अर्का एक जना पुरुष रहेका छन्। उनीहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ।