रास्वपाका केन्द्रीय सदस्य अधिकारीद्वारा पार्टीबाट राजिनामा

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले राजीनामा दिएका छन् । पार्टीका संस्थापक केन्द्रीय सदस्य अधिकारीले शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।

पछिल्लो समय रास्वपामा पार्टी छाड्नेको लहर चल्न थालेको छ । केहि दिनअघि मात्रै सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले राजीनामा दिएका थिए । पार्टी परित्याग गर्नेहरुलाई फर्काउने विषयमा दुईदिने केन्द्रीय समिति बैठकमा समेत छलफल भएको थियो ।

जेनजी आन्दोलनका क्रममा पार्टी सभापति रवि लामिछाने कारागारबाट भागेको विषयलाई लिएर रास्वपामा तीव्र असन्तुष्टि बढेका बेला केन्द्रीय तहकै नेताहरुले राजीनामा दिने क्रम बढेको हो ।