नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रूपैयाँ १७ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६६ रूपैयाँ २४ पैसा र बिक्रीदर १६६ रूपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रूपैयाँ १७ पैसा र बिक्रीदर १९० रूपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रूपैयाँ ८७ पैसा र बिक्रीदर १७८ रूपैयाँ ६३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९३ रूपैयाँ २५ पैसा र बिक्रीदर ९३ रूपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रूपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रूपैयाँ ८३ पैसा र बिक्रीदर ११० रूपैयाँ २९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ५१ पैसा र बिक्रीदर नौ रूपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ८७ पैसा र बिक्रीदर १९ रूपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रूपैयाँ कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ४० पैसा र बिक्रीदर चार रूपैयाँ ४२ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३३ रूपैयाँ ७७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ ०९ पैसा र बिक्रीदर १० रूपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५ रूपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ २७ पैसा र बिक्रीदर २२ रूपैयाँ ३७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ २० पैसा र बिक्रीदर १८ रूपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रूपैयाँ ५१ पैसा र बिक्रीदर ४६५ रूपैयाँ ४७ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३७७ रूपैयाँ ०६ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रूपैयाँ ७० पैसा र बिक्रीदर ३६९ रूपैयाँ २५ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
