पार्टीका शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी

सरकारले नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वऊर्जामन्त्री दीपक खड्का लगायतका शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ ।

सरकारी स्रोतकाअनुसार भदौ २३ गतेको जेनजी आन्दोलनलाई दमन गर्ने जिम्मेवार नेतामाथि अनुसन्धान गर्नुपर्ने मागका आधारमा राहदानी रोक्का गर्न लागिएको हो। एक मन्त्रीले भने, “जेनजी आन्दोलनमाथिको दमन र नेताहरूको घरमा भेटिएको शंकास्पद नगदको विषयमा छानबिन आवश्यक छ। त्यसैले पासपोर्ट रोक्ने तयारी भइरहेको छ।”

सरकारले तत्काल मूख्य दुई विषयमा अनुसन्धान गर्ने देखिएको छ । सरकारले गरेको दमन र नेताको घरमा देखिएको नगदको आधारमा तत्काल अनुसन्धान गर्नको लागि पासपोर्ट रोक्का गर्न लागेको स्रोतको दाबी छ ।