नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज बिहान ११ बजे प्रज्ञा भवनमा बस्ने भएको छ। यसअघि बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेस गर्नुहुनेछ। यसबाहेक प्रस्तावहरूको छलफल, विशेष महाधिवेशनका सम्बन्धमा बहस, आगामी फागुन २१ गते हुने आम निर्वाचनको तयारी, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन र जनसम्बन्ध लगायतका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

विशेष गरी ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि बैठकको एजेन्डामा समावेश गरिएको छ।