उस्मान डेम्बेलेले जिते ‘बालोन डी’ओर अवार्ड

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्टार विङ्गर उस्मान डेम्बेलेले वर्ष २०२५ को ‘बालोन डी’ओर’ अवार्ड जितेका छन्।

डेम्बेलेले भिटिनिया र युवा प्रतिभा लामिन यमाललाई पछि पार्दै अवार्ड उचालेका हुन्। उनले च्याम्पियन्स लिगमा पिएसजीलाई उपाधि जिताउन निर्णायक योगदान गरेका थिए।

यस वर्ष उनले पिएसजीका लागि ३५ गोल गरेका छन्। साथै, फ्रेन्च वान लिग जित्नेदेखि लिएर फिफा क्लब विश्वकपको फाइनल पुग्नसम्म उनको प्रदर्शन महत्वपूर्ण रह्यो। यही उत्कृष्ट प्रदर्शनका कारण डेम्बेले ‘बालोन डी’ओर’का नयाँ विजेता बनेका हुन्।