काठमाडौँ । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ३ पुर्कोट सिगंका उमेश भट्टराई विगत ३ वर्षदेखि सम्पर्कविहन छन् । ३ वर्ष अगाडी भारतको कानपुर जाने भन्दै घरबाट निस्किएका ३३ वर्षका उमेश २०७५ साल कात्तिक २४ गतेबाट घर छाडेर निस्किएपछि नर्फकिएको उमेशकी दिदी जुनिका पौडेलले बिग न्युजलाई जानकारी दिइन ।
दिदीका अनुसार उमेशले भारत पुगेको ४ महिनासम्म घरमा सम्पर्क गरेका थिए । उमेशले बुबा टंक प्रसाद पाध्यको नाममा रु १५ हजार रुपैयाँ पठाएपछि घर परिवारसँग सम्पर्कमा नरहेको जुनिकाले बिग न्युजसँगको कुराकानीमा बताइन् । पारिवारिक स्रोतका अनुसार उमेश अविबाहित हुन् । परिवारले भारतीय प्रहरीको समन्वयमा खोजीकार्य गरिरहेको समेत जनाएको छ ।
उमेशको फेसबुकमा समेत परिवारले पटक पटक सम्पर्क गर्ने गरेको भएता पनि अहिलेसम्म उमेश सामाजिक संजालमा देखा परेका छैनन् । यसअघि वैदेशिक रोजागरीमा दुबई गएर फर्किएका उमेशलाई तपाईले भेटे वा देखेमा उमेशकी दिदीको ९८६६५५३६७४ वा उमेशका बुबाको नम्बर ९८६४५६०८९० वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।