राष्ट्रपतिद्वारा संयमता अपनाउन र शान्ति कायम गर्न अपिल

 जेन जीको आन्दोलन पछि अन्योलता छाउँदै गर्दा मुलुकको राष्ट्रपति रामचन्द्र पौडेलले एक विज्ञप्ति जारी गर्दै समस्याको निदानको खोजी भइरहेको विषयमा विश्वस्त हुन र संयमतापूर्वक बस्न आग्रह गरेका छन् । 

 मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल समेत राष्ट्रपति पौडेलले आब्हान गरेका छन् । 

देशको वर्तमान विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफूले विचार–विमर्शसहित हरसम्भव प्रयास गरिरहेको जानकारी गराएका छन् । 

उनले आज विज्ञप्ति जारी गरी आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको विषयमा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल  गरे । 

18a