जेन-जी आन्दोलनमा मृ*त्यु हुनेको संख्या ३० पुग्यो, एक हजार ३३ जना घाइते

देशभर फैलिएको जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ। देशका विभिन्न अस्पतालबाट प्राप्त विवरणअनुसार, ट्रमा सेन्टर, सिभिल अस्पताल, एभरेस्ट हस्पिटल लगायतमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो।

स्वास्थ्य मन्त्रालय का अनुसार, काठमाडौं उपत्यकाबाहिर बाँकेको भेरी अस्पतालमा ५ जना र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ। बाँकेमा मृत्यु भएका ५ जना नौबस्ताको क्षेत्रीय कारागार तथा बाल सुधारगृहका कैदीबन्दी रहेको बताइएको छ। आन्दोलनमा मृत्यु हुने ३ जना प्रहरीबाहेक अन्यको नाम भने प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

मन्त्रालयको तथ्यांकअनुसार, प्रदर्शनका क्रममा १०३३ जना घाइते भएका छन्। जसमध्ये ७१३ जना उपचारपछि घर फर्किएका छन् भने २५३ जना अझै पनि अस्पतालमा उपचाररत छन्।