प्रदर्शनकारीद्वारा सर्वोच्च अदालतमा पनि आगजनी

राजधानीमा जेनजी आन्दोलन दोस्रो दिन पनि उग्र बनेको छ। आन्दोलनकारीहरूले मंगलबार विभिन्न सरकारी निकाय, पार्टी कार्यालय र नेताहरूका निजी निवाससँगै सर्वोच्च अदालतमा समेत आगजनी गरेका छन्।

प्रदर्शनकारीहरू प्रदर्शनका क्रममा सर्वोच्च अदालत परिसरमा प्रवेश गरी तोडफोड तथा आगजनी गरेका हुन्। सुरक्षाकर्मीहरूले रोक्न प्रयास गरे पनि केही समयभित्रै अदालत परिसरमा आगो सल्काइएको थियाे ।

आन्दोलनमा सोमबार १९ जना युवाको ज्यान गएको घटनापछि प्रदर्शन  आक्रामक बनेकाे हाे। राजधानीका प्रमुख प्रशासनिक निकाय, संवैधानिक अङ्ग र दलका कार्यालय र निजी सम्पत्तिमा समेत ताेडफोड र आगजनी भएकाे छ ।