बुटवल र भैरहवामा आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज दिनको ४ बजेदेखि आज राति १० बजेसम्म बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो।
उता सुनसरीको इटहरीमा जेन-जी प्रदर्शनमा २ जनाको मृत्यु भएपछि स्थिति असामान्य बनेको थियो । सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनी भएपछि इटहरीमा पनि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।
जेन-जी युवाहरूले उपमहानगर कार्यालयमा वरपर लगायतका स्थानमा प्रदर्शन गरिरहेका छन् ।





