शीतल निवास, सिंहदरबार, नारायणहिटी लगायतका थप क्षेत्रमा कर्फ्यु

जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो ।

प्रशासनले राष्ट्रपति कार्यालय शितलनिवास, उपराष्ट्रपति कार्यालय हरित गृह, नारायणहिटी दरबार सङ्ग्रहालय र सिंहदरबार क्षेत्रलाई समेटेर नयाँ आदेश जारी गरेको छ । 

प्रमुख जिल्ला अधिकारीबाट स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम जारी भएको आदेशअनुसार, काठमाडौँ महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमानाभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, वा घेराउ गर्न पाउने छैन भन्दै आदेश जारी गरेको हो ।