रास्वपा उम्मेदवार थापाले स्थगित गरे पत्रकार सम्मेलन

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही– ३ को उपनिर्वाचनका उम्मेदवार डा. लेखजंग थापाले बोलाएको पत्रकार सम्मेलन स्थगित भएको छ ।

दिउँसो २ बजे रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा बोलाइएको पत्रकार सम्मेलन स्थगित भएको हो । प्रवक्ता मनिष झाले विशेष कारणवश पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

रास्वपाले हिजो ९ आकांक्षीमध्येबाट थापालाई उम्मेदवार घोषणा गरेको थियो । थापा बहुविवाह विवादमा तानिएपछि रास्वपाले पत्रकार सम्मेलन स्थगित गरेको बताइएको छ ।