Zagraj na automatach online, gdzie najlepsze kasyno bitcoin oferuje ogromne jackpoty i niepowtarzalne bonusy, które zapewnią ci ekscytującą i niezapomnianą rozrywkę.

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालन रोकिएको छ। सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोला, एसमाेड, गगने खाेलामा सडक भत्किँदा सवारी आवागमन अवरुद्ध भएको हो।

पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले जानकारी दिए। उनले हुल्मदेखि दहीखाेलामा पहिरो खसेको खबर आएको बताए।

अहिले पहिरो पन्छाउने काम भइरहेको छ। वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ।