Zagraj na automatach online, gdzie najlepsze kasyno bitcoin oferuje ogromne jackpoty i niepowtarzalne bonusy, które zapewnią ci ekscytującą i niezapomnianą rozrywkę.

काभ्रेमा खोलाले बगाउँदा बालिकाको मृ**त्यु, युवक बेपत्ता

 काभ्रेपलाञ्चोकमा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ भने एक युवा सुनकोशी नदीमा बेपत्ता भएका छन् ।

पनौती नगरपालिका–१ स्थित देबार खोलाले बगाउँदा करिब ११ वर्षीया एक बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालिकाको शव बिहीबार साँझ करिब ५ बजे भेटिएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको र शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ।

यस्तै, दोलालघाटस्थित भोटेकोशी नदीमा २३ वर्षीय एक युवा बिहीबार दिउँसोदेखि बेपत्ता भएका छन्। भुम्लु गाउँपालिका–१ रिठ्ठेका महेश दर्जीलाई नदीमा पसेको आफ्नो कुकर जोगाउने क्रममा नदीले बगाएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

दर्जी भुम्लु–८ स्थित दुलालेश्वर मन्दिर नजिकै बस्दै आएका थिए। उनको खोजीका लागि सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली खटिएको छ।