Zagraj na automatach online, gdzie najlepsze kasyno bitcoin oferuje ogromne jackpoty i niepowtarzalne bonusy, które zapewnią ci ekscytującą i niezapomnianą rozrywkę.

दुई महिनापछि सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन

दुई महिनापछि सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको छ।

संविधानको धारा १३७ विपरीत संवैधानिक इजलास पनि गोला प्रक्रियाबाट चयन गर्ने उनको प्रयासमा वरिष्ठतमसहित बहुमत न्यायाधीश असहमत भएपछि लामो समय इजलास नै बस्न सकेको थिएन।

प्रधानन्यायाधीशले आफैँले न्यायाधीश छनौट गरेर संवैधानिक इजलास तोकेका छन्। यसअघि संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिने गरिएको थियो। बुधबार संवैधानिक इजलासमा १५ वटा पेशी सुनुवाइका लागि तोकिएको छ।

बुधबार गठित इजलासमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लपछिका बरिष्ठ न्यायाधीशहरूलाई राखिएको छैन। सपनापछिको वरीयतामा क्रमशः रहेका कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा र कुमार चुँडाललाई राउतले संवैधानिक इजलासमा राखेका छैनन्।

बुधबार र शुक्रबार नियमित रूपमा संवैधानिक इजलास गठन हुने न्यायिक अभ्यास छ। हरेक बुधबार र शुक्रबार संवैधानिक इजलास बस्ने गरी तोकिएको छ । शुक्रबार नयाँ दर्ता भएका मुद्दामा प्रारम्भिक सुनुवाइ हुन्छ भने बुधबार पूर्ण सुनुवाइ हुने गर्छ। 

सङ्घीय इकाईहरूबिचको विवाद, कानुन, संविधानसँग बाझिएका विषय र निर्वाचनसम्बन्धी विवाद हेर्ने जिम्मेवारी तोकिएको यस इजलासमा संविधानको ‘गम्भीर व्याख्याको प्रश्न समावेश भएका’ अन्य विवाद पनि पठाइन्छ ।