नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबिच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
प्रचण्ड विप्लवलाई भेट्न उनकै निवास हरिसिद्धी पुगेका हुन् । साथै प्रचण्डले वाम एकताको विषयमा पनि विप्लवसँग कुराकानी गरेका छन् ।
गत साउनको मध्येमा बसेको माओवादी स्थायी समिति बैठकले पनि विप्लवको पार्टीसँग एकता गर्ने निर्णय गरेको थियो । पार्टीको निर्णयबारे औपचारिक जानकारी गराउँदै प्रचण्डले समसामयिक राजनीतिक विषयमा विप्लवसँग छलफल गरेका हुन् ।
पहिलो संविधानसभा विघटन भएपछि माओवादी त्यागेर विभिन्न राजनीतिक दलमा आवद्ध भएका विप्लव हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव हुन् ।





