आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न एमालेले पठायो एसएमएस

 सत्तारुढ दल नेकपा (एमाले)ले आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न सूचना पठाएको छ ।

मंगलबार सांसदहरूलाई मोबाइलमा मेसेज पठाउँदै एमालेले तत्काल उपत्यका बाहिरका कार्यक्रममा नजान भनेको हो । उपत्यका बाहिर भएका सांसदहरूलाई फर्कन र उपत्यकामै भएका सांसदहरूलाई कहीँ नजान भन्दै एसएमएसमार्फत जानकारी पठाएको बताइएको छ । 

एमाले कांग्रेसले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारीस्वरुप हस्ताक्षर संकलन गरिरहेको छ ।