अस्ट्रेलियामा जारी टप एन्ड टी२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले आज होबर्ट हुरिक्यान्स एकेडेमीको सामना गर्दै छ।
खेल काजालिस एरिना पामर्स्टनमा नेपाली समयअनुसार बिहान ११ः१५ मा सुरु हुनेछ। नेपालले यसअघिका तीनै खेलमा हार बेहोरेको थियो। नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो।
यता होबर्ट दोस्रो जितको लक्ष्यमा छ।





