७०० रुपैयाँले घट्यो सुनको मूल्य

gold 780x470 1

काठमाडौँ । आज बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँ घटेको हो ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ७०० रुपैयाँ नै घटेको छ । बुधबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ आज ९० हजार रुपैयाँमा झरेको हो ।

समन्धित समाचार