एमाले बागमती संसदीय दलको नेतामा अष्टलक्ष्मी, डोरमणिले मुख्यमन्त्रीबाट राजीनामा दिँदै

ashta laxmi shakya and dor mani poudel

हेटौँडा, २ भदौ – नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बागमती प्रदेश संसदीय दलको नेता चयन भएकी छन् । हटौंडास्थित प्रदेश सभा सचिवालयमा जारी एमाले संसदीय दलको बैठकले शाक्यलाई प्रदेश संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको एमाले प्रदेश सभा सदस्य मुनु सिग्देलले जानकारी दिइन् ।

बैठक सकिएपछि डोरमणि पौडेलले बागमतीका मुख्यमन्त्रीबाट राजीनामा दिने सांसद सिग्देलले जानकारी दिइन् । पौडेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ ।

पौडेल ओली समूहका नेताका रुपमा चिनिन्छन् । तर, लामो समय नेपाल समूहको विचार समूहमा रहेकी शाक्यले अब माधवकुमार नेपालको साथ छोडेकी छन् ।

समन्धित समाचार