कोशी र मधेसमा प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ ।

कोशी र मधेसमा प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ ।

आज अपराह्नदेखि कोशी र मधेसमा १० देखि १२ घण्टासम्म लगातार भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि बिहान काठमाडौंमा पनि केहीबेर भारी वर्षाको सम्भावना छ ।

त्यसपछि वर्षा गराउने प्रणाली पश्चिमतर्फ सर्नेछ । भोलि राति पश्चिम नेपालका भूभागमा भारी वर्षाको सम्भावना छ ।वर्षासँगै कोशी, मधेस, लुम्बिनीसहित अरू प्रदेशका दक्षिणी भेगमा बाढीपहिरोको जोखिम रहेको छ ।