एएफसी यू-२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली भुटानबाट स्वदेश फर्किएको छ ।
घर फर्किनुअघि नेपालले आइतबार समूह ए को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११-० को पराकिलो हार व्यहोरेको थियो ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको थियो ।छनोटमा नेपालले ३ खेल खेलेर ४ अंकमात्रै जोड्न सक्यो ।





