साउदी अरेबियामाथि नेपालको जित

एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ ।

भुटानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई १-० गोल अन्तरले पराजित गर्‍यो ।नेपालको जितमा सुकृया मियाले निर्णायक गोल गरिन् । उनले खेलको ९०औं मिनेटमा गोल गरेकी हुन् ।