थाइल्याण्डको राजधानीमा गोली चल्दा ४ जनाको ज्यान गयो

थाइल्याण्डको राजधानी बैंककमा भएको गोलीकाण्डमा परी ४ जनाको ज्यान गएको छ ।

अज्ञात बन्दुकधारीले खानेकुरा पाइने स्थानीय बजारमा जथाभावी गोली चलाएको हो । घटनामा ४ सुरक्षा गार्डको मृत्यु भएको स्रोतले जनाएको छ । अन्य एक जना घाइते भएका छन् ।

बन्दुकधारीले गोली चलाउनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोली चलाएपछि बन्दुकधारीले आफ्नो पनि ज्यान लिएको छ ।